जेठ ०६, २०८१, आइतबार
               

घूस नलिने ट्राफिक प्रहरी पुरस्कृत

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १८ प्रहरीलाई पुरस्कृत गरेको छ । 

ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घूस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई  महाशाखाले  पुरस्कृत गरेको हो ।

महाशाखाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घूस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेहरुलाई पुरस्कृत गरिएको हो । 

पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घूस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनीहरुसहित ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान भइसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई निगरानी गर्न आइतबारदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालन गरेको छ । उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ प्रभावकारी हुने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि