जेठ ०७, २०८१, सोमबार
               

सोमबार तापक्रम २४ डिग्री सेल्सियस पुग्ने

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम जाँडोयाम भए पनि केही दिनयता जाँडो महसुस गर्न थालिएको छ । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव गरिएको हो । शनिबार तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।त्यसैगरी आइतबार तापक्रम अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुगेको छ । मौमस पूर्वानुमान शाखाले सोमबार तापक्रम २४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरेको छ। 

अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन । शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो । 

अब बिस्तारै चिसो घट्दै जाने हुँदा तापक्रम बढ्नु सामान्य भएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस वर्षको हिउँदमा हिउँ र पानी कम पर्नु तथा अहिले वायुको बहाव अरेबियन सागर हुँदै आएकाले न्यानो महशुस भएको मौसमविद् प्रधानाङ्गको भनाइ छ । 

यसैबीच आज राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि