भक्तपुरमा घर निर्माणकाे क्रममा ५ तलामाथिबाट खसेर एक मजदूरको मृत्यु भएकाे छ ।
आइतबार अपरान्ह भक्तपुर नगरपालिका-२ मा निर्माणाधिन ५ तले पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा लडेर एक मजदूरको ज्यान गएको हो ।
महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने अन्दाजी ३५ वर्षीय डम्बर मगरको मृत्यु भएकाे प्रहरीले जनाएकाे जनाएकाे छ ।