जेठ ०५, २०८१, शनिबार
               

तस्कर समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगर क्षेत्रमा गस्ती गएका प्रहरी र तस्कर समूहबीच शनिबार राति दोहोरो गोली चलेकाे छ । 

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त गाँजा ओसार पसार खरिद बिक्री गरी रहेका ८/१० जना तस्करको समूहले प्रहरीलाई देख्नासाथ गोली फायर गरेपछि प्रहरीले समेत जवाफी फायर गरेकाे हाे ।

तस्करमध्ये मकवानपुर हेटौडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनलाई १ थान एकनाले भरुवा बन्दुक र १०२ केजी अबैध लागूऔषध गाँजासहित पक्राउ गरेकाे हाे । 

तामाङ उपर हातहतियार, खरखजना र लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि