जेठ ०५, २०८१, शनिबार
               

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मृत केटी फेला

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करिब तीन महिनाको मृत ‘केटी’ फेला परेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटी फेला परेको हो । पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।  गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २०  गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि