जेठ ०५, २०८१, शनिबार
               

तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । तातोपानी नाका २० दिनका लागि पुन: बन्द हुने भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार सीमा मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने भएको हो ।

‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको छ,’ तातोपानी भन्सार प्रमुखले भन्यो ।  पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिनअघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । 

चिनियाँ पक्षले तिब्बतबाट प्राविधिक मगाएर पुलको अवस्था जाँच गरेपछि मर्मत गर्न लागिएको बताइएको छ । चिनियाँ पक्षीयका अनुसार सो पुल तीन सातामा मर्मत गर्न सकिनेछ । 

नाका बन्द हुने भएकाले बाटोमा रहेका सामान नेपाल ल्याउने काम भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत् नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअडि्कयोस भनेर मा छिटो-छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामा १८ करोड राजश्व संकलन भएको भन्सार कार्यालयले बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि