जेठ ०५, २०८१, शनिबार
               

दुर्घटनामा भारतीय युवकको मृत्यु

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गाउँकै साथी सरोज पासवानसँग अनटेस्ट मोटरसाइकल मनरासिस्वा नपा–१ स्थित सडकमा तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएर उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मृतक भारतीय युवक रवीन्द्रको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ भने चालक सरोज र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि