पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर (लरी)ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।
शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताए ।ठक्कर दिने लरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको छ ।