बैशाख २४, २०८१, सोमबार
               

संसद् विघटन असंवैधानिक भएको पूर्वप्रधानन्यायाधीशको निष्कर्ष

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

चार पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भएको भएको बताएका छन् । शुक्रबार मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै सो बताएका हुन् । 

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नभएको सो जरी वक्तव्यमा उल्लेख छ । 

दलहरुको आन्तरिक द्वन्द्व वा खिचलोजस्ता परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन नसक्ने उनीहरुको भनाइ छ । 

यसका अलवा उनीहरुले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको खण्डन गरेका छन् । प्रष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन सो विज्ञप्तिमा उल्लेख छ । 

 


कस्तो लाग्यो ?

यो पनि