बैशाख २१, २०८१, शुक्रबार
               

धनकुमारीको घरमा दिउँसै चोरी, च्यासलबाट चार जना पक्राउ

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

ललितपुरको च्यासलस्थित घरमा लुटपाट (चोरी) गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब-२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।

नुवाकोट स्थायी घर भई ललितपुरको च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको घरबाट यही पुस १३ गते (दिउँसो) बहुमूल्य सामानहरु चोरी भएको थियो ।

धनकुमारीको कोठाबाट सी माला दुई थान, पहेँलो पत्थर एक थान, पहेँलो टल्किने धातु एक थान र पुराना सिक्काहरु १४ थान लुटपाट भएको उजुरी प्रहरीसमक्ष परेको थियो । 

सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ च्यासलबाट पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि