जेठ ०५, २०८१, शनिबार
               

ट्रक सडकबाट २०० मिटर तल खसेर एकको मृत्यु

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

इलाम । माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् ।

राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो । ना ३ ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । 

ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि