बैशाख २०, २०८१, बिहीबार
               

भेरीमा बस खसेर एकको मृत्यु, एक बेपत्ता

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

कर्णाली । गुर्भाकोट नगरपालिका– ९ सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । बिहीबार अपराह्न ना ५७७५० नम्बरको बस छिञ्चु–जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो ।

बस खस्दा दाङ, बबई गाउँपालिका–३ निवासी बस चालक २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिञ्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए । उनका अनुसार बस सडकबाट २०० मिटर तल भेरी नदीमा खसेको थियो ।

‘पहिचान नखुलेका एक जना भेरी नदीमै बेपत्ता भएका छन्,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘उनको खोजी  भइरहेको छ ।’ गम्भीर घाइते एक जनालाई उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । 

गुर्भाकोट–९ का वडाध्यक्ष शशिराम भट्टराईका अनुसार सल्यान कालीमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दुर्घटना भएको हो । बस नदीमा डुबेकाले बेपत्ताको खोजीमा समय लाग्ने प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि