बैशाख २३, २०८१, आइतबार
               

चिनियाँ नागरिकलाई गौशालाबाट अपहरण गरी सिन्धुपाल्चोक लगेर कुटपिट
दुई चिनियाँसहित चार पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । 

आफ्नै देश (चीन) का दुई नागरिकलाई अपहरण गरेको आरोपमा चिनियाँसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् ।

पुस १९ गते काठमाडौंको गौशालास्थित आनन्द होटलबाट दुई चिनियाँ नागरिकलाई अपहरण गरी सिन्धुपाल्चोकको मार्मिङ पुर्‍याएर कुटपिट गरेको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले लिउ वइेपिङ, लि साओनिङ नामका दुई चिनियाँ नगरिकलाई अपहरण गरी बन्धक बनाएको तथा कुटपिट गरेको उनीहरुका साथी चिनियाँ नागरिक चउ चफिंगले प्रहरीमा सूचना दिएका थिए ।

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका दुई चिनियाँको बिएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । 

प्रहरीका अनुसार घाइते दुवै जनाको खुट्टा भाँचिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि