जेठ ०६, २०८१, आइतबार
               

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा चिनियाँसहित चारजना पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई चिनियाँसहित चारजना पक्राउ परेका छन् ।

प्रहरीले चीनको सान्दोङ्ग छिन्दिय घर भई ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामालाई पक्राउ गरेको हो । 

उनीहरुमाथि  कातिक १९ मा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको आरोप छ । उनीहरु ठमेलबाट पक्राउ परेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि