जेठ ०२, २०८१, बुधबार
               

थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित, शर्मा भन्छन्- 'डिएसपीले पूर्वाग्रह राखे'

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको बताइएको छ।

थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले गरेको रिपोर्टिङका आधारमा काठमाडौंका एसएसपी अशोक सिंहले शर्माविरुद्ध छानविन थालेका थिए ।

कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । 

त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप लगाइएको छ ।

तर, शर्माले भने रकम लिएको अस्वीकार गरेका छन् । डिएसपी श्रेष्ठले आफूमाथि पूर्वाग्रह राखेको उनले गुनासो गर्ने गरेका छन् ।

शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी गरिएको छ ।

यो पनि