जेठ ०५, २०८१, शनिबार
               

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको रुपनी चोकमा सेनाको गाडीले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

+ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स५प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि