बैशाख २४, २०८१, सोमबार
               

भूकम्प प्रभावित विद्यालय पुनर्निर्माणका लागि भारतको आर्थिक सहयोग

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारत सरकारले ३०.६६ करोड रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासकी नियोग उप-प्रमुख नामग्य खम्पाले आज (बुधबार)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग खम्पाले भारतको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल समेत गरेकी छिन् ।

चेकको हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई ८१.९८ करोड रुपैयाँ सोधभर्ना समेत गरेको छ । 

नेपालमा शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ । 

यी परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । गोरखामा तीन र नुवाकोटमा पाँच वटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालय निर्माणाधीन अवस्थामा रहेकोमा सात वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन् । 

गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ भने १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि भारतले ५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता गरेको छ । 

त्यस्तै आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समेत भारत सरकारले ५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि