बैशाख २३, २०८१, आइतबार
               

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भनेपछि ...

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठूलो अपराध गर्छु अनि आफू नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले अभियुक्तकाे खोजी सुरु गरे ।

प्रहरीले महालक्ष्मी नगरपालिका-४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि