बैशाख २३, २०८१, आइतबार
               

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् । 
    
कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ ।

तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । १९७ को आइसियुमा उपचार भइरहेको छ । ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ । 


कस्तो लाग्यो ?

यो पनि