बैशाख २१, २०८१, शुक्रबार
               

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार भोजराज पोखरेललाई

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।

पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानवअधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  

बुधबार शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेलद्वारा उनलाई १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरिएको हो । यसका अलवा सोही कार्यक्रममा उनलाई अन्य आठ सामाजिक संस्थाले पनि सम्मान गरेका थिए ।

२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि