बैशाख २३, २०८१, आइतबार
               

बम विष्फोटमा संलग्न फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

उदयपुर । बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि