बैशाख २३, २०८१, आइतबार
               

काठमाडौंमा कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कैँची प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास बस्ने २५ वर्षीय सुवोध मियाँ रहेका छन् । उनको स्थायी घर भारतको मोतिहारी हाे ।

सुवोधले मंगलबार राति भारत मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँलाई धारिलो हतियार (कैँची) प्रहार गरेका थिए । 

कैँची प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।

आपसी विवादको क्रममा सुवोधले कलामलाई हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापश्चात टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा आज (बुधबार) बिहान पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुवै जनाले सिलाइ कटाइको काम गर्दै आइरहेका थिए । उनीहरु बीच पहिलादेखि नै सम्बन्ध राम्रो थिएन । 

घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि