बैशाख २३, २०८१, आइतबार
               

प्रतिबन्धित खैरो हेरोइनसहित एक पक्राउ

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । प्रतिबन्धित लागुऔषध र नगदसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी नगरपालिका-१० का बल बहादुर चन्दलाई सोमबार इलाका प्रहरी कार्यालय बेलौरी र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चन्दको साथबाट ६३ ग्राम खैरो हेरोइन र ८४ हजार ४ सय ८० रुपैयाँ नगद बरामद गरिएको इप्रका बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए।

पक्राउ परेका चन्दमाथि लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

खुला सीमा नाकामा सुरक्षा निकायले निगरानी बढाएपछि लागुऔषध सहित पक्राउ गर्नेहरूको संख्या बढ्दो रुपमा रहेको छ । 

भारतीयले सीमा नाकासम्म पुर्‍याउने र त्यहाँबाट नेपाली पक्षले ल्याउने क्रममा लागुऔषध कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् ‌।


कस्तो लाग्यो ?

यो पनि