बैशाख २३, २०८१, आइतबार
               

आजको मौसम : कतै वर्षा, कतै हिमपात

नेपाल फ्ल्यास
पुस २२, २०७७

mausam-weather
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । दुई दिनदेखि घाम नलागेको काठमाडौं उपत्यकामा आज  (बुधबार) बिहानैदेखि घाम लागेको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । 

यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि