बैशाख २३, २०८१, आइतबार
               

प्रहरीका ३० एसपी र ६९ डीएसपीकाे सरुवा

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका ३९ जना प्रहरी उपरिक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ । काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।

त्यस्तै ६९ जना प्रहरी नायव उपरीक्षकहरू पनि आजै सरुवा भएका छन्  । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ । ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि