जेठ ०६, २०८१, आइतबार
               

७ किलो चरेससहित होटल सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

कैलालीमा लागुऔषध चरेससहित एक होटलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट ७ किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ । धामीलाई आजै लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि