जेठ ०६, २०८१, आइतबार
               

छुरा प्रहार गरी लुटपाट गर्ने पक्राउ

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

सुनसरी ।  छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र ईनरुवा नगरपालिका- १ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार बिहान ईनरुवा नगरपालिका-९ मा उनीहरूले सोही नगरपालिका-२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि