जेठ ०६, २०८१, आइतबार
               

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् ।

शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८  नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुको उपचार अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि