जेठ ०६, २०८१, आइतबार
               

काम गरिरहेको अवस्थामा ढु‌ंगाले लाग्दा एकको मृत्यु

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । मंगलबार नौकुण्ड गाउँपालिका-१ संयुलका ४२ वर्षीय दमै थोक्राको निर्माणस्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-६, पासाङल्हामुमार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको हो । 

काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुङ्गा गुडेर तल पुग्दा थोक्राको टाउकोमा लागी मृत्यु भएको बताइएको छ ।
ढुङ्गा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

पुख्र्यौली थलोबाट मजदूरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास शुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि