जेठ ०६, २०८१, आइतबार
               

प्रतिनिधिसभा विघटनविरुद्धका रिट वृहत् पूर्ण इजलासमा हेर्न रिट निवेदकको निवेदन

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका १२ जना निवेदकहरूले नै आफूहरूको रिटको सुनुवाइ वृहत् पूर्णइजलासमा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् ।

अधिवक्ता लोकेन्द्र ओली, शालिकराम सापकोटा, कञ्चनकृष्ण न्यौपाने, दीपक राई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चका १२ जनाभन्दा बढी न्यायाधीशको वृहत् पूर्ण इजलासमा बहस गर्न माग गरेका हुन् ।

महत्त्वपूर्ण मुद्दामा यसअघिको नजिर पनि त्यही रहेको उनीहरूको दाबी छ ।सर्वोच्चको संवैधानिक इजलासमा ती रिटहरूमाथि बुधवारदेखि निरन्तर सुनुवाइ हुँदैछ । संसद विघटनविरुद्ध सर्वोच्चमा १२ वटा रिट परेका थिए । 


कस्तो लाग्यो ?

यो पनि