जेठ ०६, २०८१, आइतबार
               

मानव बेचबिखनमा संलग्न पक्राउ

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । झुक्याएर भिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाई २०७३ बैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्याइएकाे पाइएकाे थियो ।

उनलाई भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो । ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि