जेठ ०६, २०८१, आइतबार
               

श्रीमानले गरे श्रीमतीको हत्या

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

इलाम । श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका-८ आमबोटेका ३३ वर्षीय सुवाष राईरहेका छन् ।

घरायसी विषयमा विवाद बढ्दै जाँदा रिसको झोकमा सुवाषले आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई मंगलबार बिहान साढे ५ बजे  खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सुवाषले श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शव परीक्षणको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि