जेठ ०६, २०८१, आइतबार
               

मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडाैं । काठमाडौंको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापामगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाडाैं रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो ।

मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल र लामिछानेलाई बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी. को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ । चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि