जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंमा बिहानैदेखि हुस्सु, यस्तो छ दुई दिनको मौसम

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

पश्चिमी वायुको प्रभावका कारण एक दुई दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । 

यसैबीच, काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा हिजो (सोमबार) बिहानैदेखि हुस्सु लागेको थियो भने दिनभर घाम लागेको थिएन ।

आज र भोलि पनि काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम रहेको मौसमविद समिर श्रेष्ठले बताए ।

यस्तो छ दुई दिनको मौसम 

आज (मंगलबार) देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ ।
त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

बुधबार देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि