जेठ ०५, २०८१, शनिबार
               

बाघको छाला र गैँडाको खागसहित पक्राउ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

कैलाली । बर्दगोरिया गाउँपालिका-४ छतिवन सामुदायिक वन नजिकबाट गैँडाको खागसहित सोही गाउँपालिका-५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना.३ स ५७१८ नम्बरको अटो जाँच गर्नेक्रममा अटो पछाडी सिटमा सुन्तला राखेको झोलाभित्र लुकाएको उक्त वस्तु सहित अटोका चालक नयन बहादुरलाई पक्राउ गरेको हो ।

यता टोखा नगरपालिका-७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको २ थान छाला (ओखेटोपहार) सहित ताप्लेजुङ फुङ्लिन नगरपालिका-८ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरीले कमललाई उक्त चरिबाघको छाला अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि