जेठ ०५, २०८१, शनिबार
               

बन्दुक, बम र सकेटसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

कालीकोट । नरहरीनाथ गाउँपालिका-९ लालु बस्ने दोभान भन्ने ३६ वर्षीय दुर्गाराज बोहोरा र जाजरकोट भेरी नगरपालिका-२ बस्ने प्रकाश भन्ने ३२ वर्षीय पदम बहादुर पुनलाई विभिन्न विष्फोटक पदार्थसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कालीकोट र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्गाराजको घरबाट विभिन्न विस्फोटक पदार्थसहित पक्राउ गरेकाे हाे ।

घर जाँच गर्नेक्रममा लुकाई राखेको १ नाल काठको बन्दुक, १ थान प्रेसर कुकर बम, १ रोल ईलेक्ट्रिक तार, १५ पिस डेटोनेटर, ५ प्याकेट पटाका, बम बनाउन प्रयोग हुने १० थान सकेट, १ थान ब्याट्री चार्जर, २ थान सेप्टी फ्युज, १ लोला नेपालाइट, ५ सय ग्राम सोडा, १ थान कनेक्शन स्टिक, केप बनाउन प्रयोग हुने १५ थान आल्मुनियमको टुक्रा र १ केजी गन्धक लगायतका विष्फोटक पदार्थहरू तथा २० थान एनटीसी सिमकार्ड सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि