जेठ ०५, २०८१, शनिबार
               

३७ हजार स्वाब परीक्षण गरेका डाक्टर आफैँ सङ्क्रमित

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पतालमा ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन् । अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् ।

उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । श्रीमान् र आमासमेत उनीसँगै सङ्क्रमित भएका छन् । अधिकारीले भनिन्, “निकै गाह्रो हुँदो रहेछ ।” उनले टाउको, शरीर र छाती दुखेको बताइन् । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो ।

शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । “पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ”, डा अधिकारीले भनिन् ।


कस्तो लाग्यो ?

यो पनि