जेठ ०१, २०८१, मंगलबार
               

घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । 

निलम्बनमा परेका शर्माविरुद्ध थप कानुनी प्रक्रिया अघि बढ्ने एसएसपी सिंहले बताए ।


कस्तो लाग्यो ?

यो पनि