जेठ ०६, २०८१, आइतबार
               

स्काभेटर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ । शनिबार पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना भएको थियो । दुर्घटनामा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

बा‍.२ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासि स्काभेटर पल्टिएर सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि