जेठ ०६, २०८१, आइतबार
               

मोटरसाइकलवाटै बाघले लगेको महिलाको शव फेला पर्‍यो , प्रशासनले लगायो कडा नियम

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

बर्दिया राष्ट्रिय निकुञ्जमा शनिबार मोटरसाइकलबाटै पाटेबाघले झम्टेर लगेको महिलाको शव भेटिएको छ ।

शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरालाई पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जक्षेत्रमा मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै लगेको थियो ।

पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ । 

जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा समेत रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चो ट लागेको छ ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गर्दा मृताअवस्थामा फेला पारेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एक प्रहरीले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताए । ‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ ।’

 

 

 


कस्तो लाग्यो ?

यो पनि