भीमदत्त नगरपालिका–३ का वर्ष २८ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान लिने मनशायबाट ८ जनाले साङ्घातिक आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
यसैगरी पुनःवास नगरपालिका–१ ढक्का बस्ने वर्षीया ७१ का खण्टी भुलको हत्यामा संलग्न ४९ वर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविर बस्ने विकलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
यही पुुुुस ११ गते खण्टीको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । विकको घरभित्र खानतलासी गर्दा मृतकले लगाएको सुनको मुन्द्रा, तिलहरी र हत्या गर्न प्रयोग गरेको हतियार, चप्पल र कपडा फेला परेको प्रनाउ क्षेत्रीले जानकारी दिए ।