मंसिर ०७, २०८१, शुक्रबार
               

मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने सङ्क्रमितको दर बढ्दै गएको मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए । शाखा प्रमुख कँडेलका अनुसार निको हुन नसकेका जिल्लामा सुर्खेतमा १०३, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा छ र दैलेखमा पाँच गरी जम्मा १७९ जना व्यक्ति अस्पताल तथा होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणअनुसार यस प्रदेशमा १२ नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख कँडेलले बताए “यससँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३६९ पुगेको छ”, उनले भने, “आज एक व्यक्ति निको भएसँगै कोरोनाबाट सङ्क्रमणमुक्त भएर घर फर्कनेको सङ्ख्या सात हजार १९ पुगेको छ ।” 

शाखा प्रमुख कँडेलले थप्नुभयो, “हालसम्म कर्णाली प्रदेशमा ९६ हजार १५८ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएकामा ७.६६ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा ९५ प्रतिशत निको भइसकेका छन् ।” कोरोना सङ्क्रमणबाट आजका दिनसम्म कर्णालीमा २६ जनाले ज्यान गुमाएको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि