जेठ ०४, २०८१, शुक्रबार
               

टिपरको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि