जेठ ०४, २०८१, शुक्रबार
               

आगोले जलेर बालिकाको मृत्यु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

बैतडी । सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो ।

बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । 

घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि