जेठ ०४, २०८१, शुक्रबार
               

चन्द्रागिरिबाट सालकको खपेटासहित २ जना पक्राउ

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट सालकको खपेटासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ छन् ।

धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङ समेतलाई सितापाईलाबाट पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि