जेठ ०४, २०८१, शुक्रबार
               

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।

अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लाग्न बाँकी छ ।

लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ ।

किसानलाई उखुको रकम नदिएर ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यो पनि