जेठ ०४, २०८१, शुक्रबार
               

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म १ ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ ।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया (७ दशमलव ३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि