बैशाख २५, २०८१, मंगलबार
               

ललितपुर हरिसिद्धिबाट सुस्त मनस्थितिका एक पुरुष हराए

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । हरिसिद्धि (ललितपुर) बाट एक पुरुष हराएका छन्  ।  मंगलबार तीन बजे हरिसिद्धि-२८ बाट स्थायी घर सोलु भएका तम्बरप्रसाद निरौला (बोलाउने नाम ठूलोकान्छो)  हराएका हुन् । 

नीलो ज्याकेट, नीलो टाउजर, म्याजिक चप्पल र कालो क्याप लगाएका उनको देब्रे आँखामा फुलो परेको छ । हेर्दा टेडो-टेडो हेर्ने उनी प्रष्ट बोल्न नसक्ने उनकी आमाले जानकारी दिइन् । उनकी आमाका अनुसार होचो शरीर तथा गहुँगोहोरो वर्णका उनी आफ्नो नामसमेत प्रस्ट भन्न सक्दैनन् । 

हरिसिद्धिबाट कर्मनसा खोला तरेर धापाखेलतर्फ लागेको सूचना पाइए पनि त्यसतर्फ  खोजी गर्दा नपाइएको उनका भाइले बताए । 

‘हराएको तीन घन्टामै प्रहरीलाई मौखिक जानकारी गराएको थिए ।त्यसपछि केही गरिएको छैन,’ प्रहरीलाई जानकारी नगराइएको भन्ने प्रश्नमा उनले भने । यसबारे हरिसिद्धि प्रहरीसँग जानकारी लिँदा हुलिया मंगलबार बेलुका टिपाएको र सोपश्चात् १०० मा जानकारी गराएको बतायो ।  


कस्तो लाग्यो ?

यो पनि