बैशाख २०, २०८१, बिहीबार
               

प्रयोगका लागि अस्ट्राजेनिकाको खोपलाई बेलायतको अनुमति

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । अक्सफोर्ड र अस्ट्राजेनिकाले बनाएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायतले प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अस्ट्राजेनिकाको खोपलाई बेलायतले आगामी जनवरी ४ देखि प्रयोगका लागि अनुमति दएको हो । बेलायतले प्रयोगका लागि अनुमति दिएको सो खोप सामान्य तापमानमा भण्डारण र यताउता लैजान सकिने बताइएको छ । 

यसअघि फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने बताइएको छ ।  बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककका अनुसार अस्ट्राजेनिकाको खोप दिन लागिएको हो । 

अस्ट्राजेनिकाको खोप आमजनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताइएको छ । 

आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शतप्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए । आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको ९० प्रतिशतकै हाराहारीमा काम गर्ने उनले दाबी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि