जेठ ०४, २०८१, शुक्रबार
               

१२ वर्षअघिको अपहरण काण्डमा संलग्न 'सोले कुमार' पक्राउ

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । 

सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल थापाले पुष्टि गरे ।

२०६५ मा बुढाथोकी सहितको समूहले रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् ।

सोले कुमार २०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने प्रहरीले जनाएको छ ।    

यो पनि